काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको भन्दै इन्कारी बयान दिएका छन् ।
जिल्ला अदालत, कास्कीमा बिहीबारदेखि सुरु थुनछेक बयानमा उनले सहकारी ठगीमा संलग्नता नरहेको भन्दै बयान दिएका हुन् । उनको बयान नसकिएकाले शुक्रबार पनि निरन्तर प्रश्नहरू सोधिनेछ । बयानका विस्तृत विवरणहरू आइसकेका छैनन् ।
प्रहरीले ९० दिनसम्म गरेको अनुसन्धानका आधारमा लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो । यसपछि अहिले अदालतमा थुनछेक बयान चलिरहेको छ ।
यसअघि सहकारी प्रकरणमा मुछिएकी लीला पछाइको बयान लिइएको थियो । सोमबार र मंगलबार पूर्वडीआईजी समेत रहेका गोरखा मिडियाका सञ्चालक छविलाल जोशीको बयान भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ पुस २०८१, १८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछाने तारिखका लागि काठमाडौं अदालतमा उपस्थित
रविलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता
चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो
सरकारी वकिलको बहस सकियो, सहकारी पीडितको तर्फबाट बहस चल्दै
चितवनमा रवि लामिछानेको थुनछेक बहस, ६ सय प्रहरी फिल्डमा खटियो
रविलाई आज फेरि अदालतमा उपस्थित गराइने