काठमाडौँ । आम जनता पार्टी (आजपा) ले सरकारले मनोमानी कर लिइरहेको भन्दै काठमाडौँमा विरोध प्रदर्शन गर्ने भएको छ । यही पुस १४ गते प्रदर्शन गर्न लागिएको आजपाले जनाएको छ ।
केन्द्र, प्रदेश र स्थानीय तहसहितका ७६१ सरकारले लिइरहेको कर मनोमानी रहेकाले अन्त्य गर्नुपर्ने उनीहरूको माग छ ।
आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले समृद्ध नेपाल निर्माण गर्नका लागि सरकारपिच्छे कर लिन नहुने बताए ।
उनी भन्छन्, ‘सरकार पिच्छे पाइला पाइलामा कर लिने तर सेवा नदिने । कर लिने तर सोही अनुसारको सुविधा नदिने । केवल कर कसरी लिने भन्नेमा मात्रै सरकारको ध्यान छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ पुस २०८१, २० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रभु साह नेतृत्वको आजपाले जेठ १५ गते सिंहदरवार घेर्ने
आजपाले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा
प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता
भ्रष्टाचारविरुद्ध आजपाले वीरगन्जमा खबरदारी सभा गर्दै
मधेसमा शिक्षकको माग गर्दै विद्यार्थी सडकमा
दासको अध्यक्षतामा ७७ सदस्यीय आम दलित मोर्चाको केन्द्रीय कमिटी गठन