काठमाडौं । नेशनल बैंकिङ्ग इन्स्टिच्युट र कामना सेवा विकास बैंक बीच कर्मचारीहरुका लागि तालिम संचालन गर्ने सम्बन्धी सम्झौता भएको छ ।
यस सम्झौता अनुसार एन.बी.आईले कामना सेवा विकास बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।
उक्त सम्झौता पत्रमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र एन.बी.आईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० भदौ २०७८, २० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कामना सेवा विकास बैंकले ल्यायो स्मार्टफोन जित्ने मौका