काठमाडौं । नवगठित नेकपा एकीकृत समाजवादीले वरिष्ठ नेता झलनाथ खनाललाई पार्टीका दस्तावेजको मस्यौदा गर्ने जिम्मेवारी दिएको छ ।
खनाल नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरी १४ भदौमा स्वदेश फर्किएका थिए । निवासमा आराम गरिरहेका उनले राजनीति सक्रियता बढाइसकेका छैनन् ।
नेकपा एसले खनाल नेतृत्वमा १३ सदस्य रहेको मस्यौदा कमिटी गठन गरेको हो । नेकपा एसले हालै जारी गरेको अन्तरपार्टी निर्देशन अपानीमा चाँडै गरिने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक लगायतका प्रतिवेदनको मस्यौदा तयार पार्न कमिटी बनाइएको उल्लेख गरिएको छ।
पार्टी दर्ता गर्दा निर्वाचन आयोगमा पेस गरिएका दस्तावेज परिमार्जन पनि यही कमिटीले गर्ने बताइएको छ । कमिटीमा डा. बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, सावित्रा भुसाल, रामकुमारी झाँक्री, राजेन्द्र राई र गणेश विक छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० भदौ २०७८, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ खनालले भने -पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन
यस्तो छ नेकपा एसका नेताहरुको कार्य विभाजन प्रस्ताव, कसलाई कुन जिम्मेवारी ?
सर्वोच्चको फैसलाले निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् भएको नेकपा एसको ठहर
एकीकृत समाजवादीका २ सय ५१ केन्द्रीय सदस्यले लिए शपथ
नेकपा एसले दियो प्रदेश इन्चार्ज र सचिवलाई केन्द्रीय कमिटी सदस्यको ड्राफ्ट तयार गर्ने जिम्मा
एकीकृत समाजवादीको महाधिवेशन : विशिष्ट नेताको सुरक्षा जिम्मेवारी राजनीतिक कमिटीलाई