अछाम । नेपाली कांग्रेस अछामले वडाका सभापतिको टुंगो लगाएको छ । १४औं वडा अधिवेशनले सर्वसम्मत रुपमा वडा सभापतिको टुंगो लगाएसँगै कम र बढी उमेरमा वडा सभापति बन्नेको चर्चा भइरहेको छ । अछाममा २२ वर्षीया महिला र ८० वर्षीय वृद्ध वडा सभापति निर्वाचित भएका छन् ।
शनिबार मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमाडाकी २२ वर्षीया जानकी रावल वडा सभापतिमा निर्वाचित भइन् । त्यसलगत्तै चौरपार्टी गाउँपालिका वडा नं ५ लुंग्राको सभापतिमा ८० वर्षीय बृद्ध भिकारी कुँवर सर्वसम्मत वडा सभापति चयन भए । पार्टीले ८० वर्षीय बृद्ध कुँवरलाई सभापतिमा सर्वसम्मत चयन गरेपछि स्थानीय युवा भने असन्तुष्ट छन् ।
कांग्रेसको १४औं महाधिवेशन नजिकिएसँगै जिल्लामा पनि चुनावी सरगर्मी बढ्दै गएको छ । अछाममा वर्तमान सभापति भरतकुमार स्वाँर, पूर्वसभापतिद्वय पुष्पबहादुर शाह, मेघराज खड्का, महासमिति सदस्य युवा नेता राजन कुँवर, गणेशबहादुर विष्ट, रामबहादुर विष्ट, बलबहादुर कुँवर, ध्वजबहादुर कुँवर र टीकाराम खनालको नाम सभापतिमा चर्चामा छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० भदौ २०७८, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धान दिवसको अवसरमा अछामका उत्कृष्ट किसान पुरस्कृत
अछाममा आगलागी हुँदा दुई नाबालकको मृत्यु
अछाम ट्याक्टर दुर्घटनामा ५ जनाको मृत्यु (नामसहित)
अछाममा भालुको आक्रमणबाट दुई किशोरी घाइते