परिणाममुखी नभए बैठकबाट बाहिरिन्छु : ट्रम्प

विहीबार, ०६ बैशाख २०७५, ०९ : ००
परिणाममुखी नभए बैठकबाट बाहिरिन्छु : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग गर्ने भनेको शिखर बैठक सफल नभए आफू सम्मानजनक तरिकाले बैठकबाट बाहिरिने बताएका छन् । यद्यपी, उक्त बैठक सफल हुने अपेक्षा पनि उनले गरेका छन् । राष्ट्रपति ट्रम्पले फ्लोरिडास्थित मार आ लागो रिसोर्टमा यस्तो बताएका हुन् । उक्त रिसोर्टमा जापानी प्रधानमन्त्री शिन्जो आबेको पनि उपस्थिती थियो ।

ट्रम्प र आबेले उत्तर कोरिया पूर्ण रुपमा परमाणविक निश्सस्त्रीकरणका लागि सहमत नभएसम्म दबाद दिइरहनुपर्ने धारणा राखे । यस्तै, ट्रम्पले उत्तर कोरियामा बन्दी बनाइएका तीन अमेरिकी नागरिकको रिहाइका लागि पनि वार्ता भइरहेको बताएका छन् ।

यसअघि उनले अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक माइक पोम्पेओले गोप्य रुपमा उत्तर कोरिया पुगे किमलाई भेटेको पुष्टि गरेका छन् । पोम्पेओले किमसँग राम्रो सम्बन्ध कायम राखेको र सबै कुरा सहज ढङ्गले अघि बढिरहेको उनले बताएका थिए ।-बीबीसी

प्रतिक्रिया दिनुहोस