सुनसरी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई अनिवार्यबाहेकका आर्थिक कारोबार बन्द गर्न निर्देशन दिएको छ ।
प्रतिष्ठानका सबै पदाधिकारीहरु आर्थिक अनियमितिाका घटनामा संलग्न भएको पाइएपछि १७ भदौमा मन्त्रालयले पत्राचार गरेर अनिवार्य बाहेकका आर्थिक कारोबार बन्द गर्न प्रतिष्ठानलाई लिखित निर्देशन दिएको छ ।
प्रतिष्ठानका पदाधिकारीहरु उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहले प्रतिष्ठानमा करौडौं आर्थिक अनियमितिा गरेको छानविन समितिले जनाएपछि स्वास्थ्य मन्त्रालयले पत्र काटेर प्रतिष्ठानलाई अनिवार्यबाहेकका आर्थिक कारोबार बन्द गर्न निर्देशन दिएको हो ।
मन्त्रालयका उपसचिव प्रकास अधिकारीले बीपी प्रतिष्ठानलाई प्रतिष्ठानमा भएको आर्थिक अनियमितिाको विषयमा छानविन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेकाले दैनिक प्रशासनिक काम र अनिवार्य आर्थिक कारोबारबाहेकका काम तत्काल नगर्न लिखित निर्देशन दिएका छन् ।
बीपी प्रतिष्ठानका चिकित्सक र कर्मचारी बीपी प्रतिष्ठानका चारै जना पदाधिकारीहरुलाई बर्खास्त गर्नुपर्ने माग राखेर ८२औं दिनदेखि आन्दोलनरत छन् । आन्दोलनकै कारणप्रतिष्ठानका रजिष्ट्रार डा. रेग्मीले प्रधानमन्त्री समक्ष राजीनामा दिएका छन् भने अन्य तीनजनाले राजिनामा दिएका छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ भदौ २०७८, १७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गम्भीर प्रकृतिका ६ वटा रोगको निःशुल्क उपचार
पुष महिनासम्मको लक्ष्य प्रगतिका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दोश्रो स्थानमा
नवीकरण नगरी चलाए कारबाही गर्ने भन्दै निजी अस्पताललाई मन्त्रालयको परिपत्र
वैद्यखानाका निर्देशकलाई स्वास्थ्य मन्त्रालयले सोध्यो स्पष्टीकरण
मंकीपक्सबाट बच्न सावधानी अपनाउ : स्वास्थ्य मन्त्रालय
कार्यालय समयमा चिकित्सक नभेटिए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी