नेपालसँग वामदेवको सर्त- ‘म एकीकृत समाजवादीमा आउन जबज स्वीकार्नुपर्छ’

सफल खबर संवाददाता

शुक्रबार, १८ भदौ २०७८, १४ : ४७
नेपालसँग वामदेवको सर्त- ‘म एकीकृत समाजवादीमा आउन जबज स्वीकार्नुपर्छ’

फाइल फोटो

काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा आबद्धताका लागि  सर्त राखेका छन् ।  एमालेले अंगीकार गर्दै आएको जनताको बहुदलीय जनवाद (जबज) एकीकृत समाजवादीले अंगीकार गरेर आफूहरु पनि नयाँ पार्टीमा सहभागी हुने गौतमले बताएका छन् । 

शुक्रबार निजी सचिवालयमार्फत प्रेस नोट जारी गरेर गौतमले आफूहरू एकीकृत समाजवादीमा प्रवेश गर्न मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवादका साथै जनताको बहुदलीय जनवाद रहनुपर्ने बताएका हुन् । 

जारी प्रेस नोटमा भनिएको छ, ‘माधवकुमार नेपालको अध्यक्षतामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा हामी प्रवेश गर्नका लागि मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवादका साथै जनताको बहुदलीय जनवाद पनि रहनुपर्छ भन्ने एक मात्र सर्तबाहेक अरु कुनै सर्त क.वामदेव गौतमले राख्नुभएको छैन । अन्य सबै प्रकारका प्रचारवाजीहरु गलत भएको जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस