आगामी चुनावमा काँग्रेसको उपस्थिति बलियो रहन्छ : शेरबहादुर देउवा

सफल खबर संवाददाता

शुक्रबार, १८ भदौ २०७८, ११ : ४३
आगामी चुनावमा काँग्रेसको उपस्थिति बलियो रहन्छ : शेरबहादुर देउवा

काठमाडौं । काँग्रेस सभापति तथा प्रधानमन्त्री  शेरबहादुर देउवाले आगामी चुनावमा काँग्रेसको उपस्थिति बलियो रहने बताएका छन् । भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशन उद्घाटन समारोहमा बोल्दै देउवाले भक्तपुरमा पार्टी बलियो अवस्थामा रहेको पनि बताए । 

केही अघि एमाले नेता महेश बस्नेतले भक्तपुरमा शेरबहादुर देउवालाई चुनावमा उठाए आफू लड्न तयार रहेको बताएको प्रति लक्षित गर्दै देउवाले भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन चुनौति दिए । 

भदौ पहिलो साता बस्नेतले भक्तपुरमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई उठाए पनि आफुले सहजै रुपमा विजय हासिल गर्ने दावी गरेका थिए ।  बस्नेतले आगामी निर्वाचन पछि भक्तपुरमा कांग्रेसलाई सिला खोज्नुपर्ने अवस्था आउने चेतावनी समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस