अनेरास्ववियू (क्रान्तिकारी) ले गठन गर्यो ‘स्वास्थ्य बिज्ञान बिद्यार्थी संगठन नेपाल’

सफल खबर संवाददाता

शुक्रबार, १८ भदौ २०७८, ०९ : ०६
अनेरास्ववियू (क्रान्तिकारी)  ले गठन गर्यो ‘स्वास्थ्य बिज्ञान बिद्यार्थी संगठन नेपाल’

काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी) स्वास्थ्य बिज्ञान बिभागको भर्चुवल माध्यमबाट प्रथम बैठक सम्पन्न भएको छ । बैठकले सम्पूर्ण स्वास्थ्य बिज्ञान अध्ययनरत बिद्यार्थीहरु माझ कक्षा कोठा सम्म पुगी बिद्यार्थीहरुको समस्याहरु अध्यन र हल गर्न संगठनको अपरिहार्यता महसुस गर्दै देशभरि स्वास्थ्यका सम्पूर्ण संकायमा अध्ययनरत बहुसंख्यक बिद्यार्थीहरु अटाउन सक्ने गरि साझा संगठन निर्माण गरेको हो । 

उक्त संगठनको नाम “स्वास्थ्य बिज्ञान बिद्यार्थी संगठन नेपाल” र बोलीचालीमा (सास) राख्ने समेत निर्णय गरेको छ । बिभाग संयोजकको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कमिटि, स्वास्थ्यका विभिन्न संकायहरु अध्ययन अध्यापन गराउने बिश्वबिद्यालयहरु, प्रतिष्ठानहरु, र स्वास्थ्यका महत्त्वपूर्ण संकायहरुको प्रतिनिधित्त्व रहने गरि पदाधिकारी सहितको १५ सदस्यीय कार्यालय तथा सातै प्रदेशका प्रदेश संयोजकहरु तोकि बैठकको निर्णयहरु सहितको पहिलो परिपत्र समेत जारी गरेको छ ।

बैठकले केन्द्रीय कमिटिमा निर्बाचित सम्पुर्ण स्वास्थ्य प्राबिधिक बिध्यार्थीहरुमा हार्दिक बधाइ एवम सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ । 

प्रतिक्रिया दिनुहोस