धनगढी । क्रियाशील सदस्यको नामावली उपलब्ध नभएको भन्दै कैलालीमा शुक्रबारदेखि सुरु हुने भनिएको वडा अधिवेसन स्थगित गरिएको छ । कांग्रेस जिल्ला कार्यसमितिले बिहीबार अर्को सूचना जारी नहुँदासम्म वडा अधिवेशन स्थगित गरिएको जनाएको छ ।
वडा अधिवेशन स्थगित गरिनुमा जिल्लामा हालसम्म क्रियाशील सदस्यको नामावली उपलब्ध नभएको कारण देखाइएको छ । कांग्रेस कैलालीका नेता यज्ञराज जोशीका अनुसार क्रियाशील नामावली आइपुगेमा २२ भदौमा वडा अधिवेशन गरिनेछ । वडा अधिवेशनका लागि कैलालीमा निर्वाचन अधिकृत आइसकेका छन् ।
कैलालीका लागि निर्वाचन अधिकृत तोकिएका टेकराज सुवेदीले २२ भदौपछि मात्रै कैलालीमा वडा अधिवेशन हुन सक्ने बताए । ‘क्रियाशील सदस्यताका विषयमा कैलालीमा केही समस्या रहेको छ,’ उनले भने, जसका कारण निर्वाचन गर्न केही समय लाग्न सक्ने देखिएकोछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ भदौ २०७८, १३ : ४३
लेखकबाट थप