वाम एकताबाट समृद्धि आउँदैन : पौडेल

बुधबार, ०५ बैशाख २०७५, १७ : २५
वाम एकताबाट समृद्धि आउँदैन : पौडेल

म्याग्दी । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम एकतामा समृद्धिको सपना नदेख्न आग्रह गरेका छन् । निर्वाचनमा मतदातालाई झुक्याउन एमाले र माओवादीले पार्टी एकताको नाटक मञ्चन गरेको भन्दै उनले दुई कम्युनिष्ट पार्टी कुनै पनि हालतमा एक हुन नसक्ने दाबी गरे ।
नेपाली काँग्रेस म्याग्दीले आज बुधबार बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले निर्वाचनमा एउटै भयौँ भनेर भोट मागे पनि निर्वाचन सम्पन्न भएको ६ महिनासम्म पनि नानाथरी नाटक भइरहेको दाबी गरे । तीनै तहको निर्वाचनमा नराम्रो हार व्यहोरेको काँग्रेसले वाम एकतालाई देखाएर गल्ती लुकाउन भने नहुने उनको भनाई थियो ।
पार्टी कार्यकर्तामा नयाँ सन्देश प्रवाह गर्न वर्तमान नेतृत्वले त्याग गर्नुपर्ने भन्दै उनले कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला बन्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरे । काँग्रेस अब नेता र नेतृत्वको नभई जनताको स्वार्थसँग जोडिन सक्नु पर्ने भन्दै उनले कर्मशील काँग्रेस बन्नुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस