काठमाडौं । सत्ताधारी दल नेपाली कांग्रेसले महाधिवेशनका लागि उम्मेदवारी दर्ताबाटै करोडौं रुपैयाँ संकलन गर्ने भएको छ । भदौ १८ गतेदेखि तल्लो तहको अधिवेशन गरी आगामी मंसिर दोस्रो सातासम्म केन्द्रीय महाधिवेशन गर्न लागेको कांग्रेसले उम्मेदवारी दर्ताका लागि १ सय रुपियाँदेखि ३० हजार रुपियाँसम्म शुल्क तोकेको छ ।
कांग्रेसको निर्वाचन निर्देशिकाअनुसार सबैभन्दा कम शुल्क वडा कार्यसमिति सदस्यको उम्मेदवारी दर्ताका लागि सय रुपियाँ र सबैभन्दा बढी केन्द्रीय सभापतिका लागि ३० हजार रुपियाँ शुल्क तोकेको छ । वडा सभापतिका लागि ५ सय, उपसभापति, सचिव र सहसचिवका लागि ३–३ सय रुपियाँ शुल्क तोकेको छ । त्यसै गरी प्रदेशसभा क्षेत्रीय प्रतिनिधिका लागि ५ सय र वडा कार्यसमिति सदस्यको उम्मेदवारीका लागि १ सय रुपियाँ शुल्क तोकिएको छ ।
देशभर ६ हजार ७ सय ४३ वडा अधिवेशन हुँदै छ । वडा कार्यसमितिमा मनोनितबाहेक सभापति, उपसभापति, सचिवसहित कम्तीमा १५ जनाको कार्यसमिति निर्वाचित हुनेछ । १ सय ५० भन्दा कम क्रियाशील सदस्य भएको वडामा कम्तीमा ९ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । वडा कार्यसमिति निर्वाचनबाट मात्र कांग्रेसको करोडौं रुपियाँ संकलन हुने देखिन्छ ।
गाउँरनगरपालिका अधिवेशनबाट पनि कांग्रेसलाई ठूलो धनराशी संकलन हुनेछ । गाउँपालिका कार्यसमिति निर्वाचनमा सभापतिका लागि २ हजार, उपसभापति, सचिव र सहसचिवका लागि १–१ हजार र कार्यसमिति सदस्यका लागि ५ सय शुल्क तोकिएको छ । नगरपालिका कार्यसमितिमा अझ बढी रकम शुल्क तोकिएको छ ।
नगरपालिका कार्यसमिति सभापतिका लागि ४ हजार रुपियाँ छ भने उपमहानगरपालिका, महानगरपालिकाको सभापतिका लागि ५ हजार रुपियाँ शुल्क तोकिएको छ । उपसभापति र सचिवको उम्मेदवारीका लागि नगरमा ३–३ हजार, सहसचिवका लागि २ हजार र सदस्यका लागि १ हजार रुपियाँ शुल्क तोकिएको छ । यसरी ७ सय ५३ स्थानीय तहमा हुने अधिवेशनबाट मात्रै करोडौं रुपियाँ संकलन हुने देखिन्छ । नेपाल समाचार पत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ११ भदौ २०७८, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र
स्थानीय तह उपनिर्वाचनका लागि काँग्रेसले पठायो १५ बुँदे आन्तरिक सर्कुलर
चीनले प्रतिबद्धता गरेको अनुदान कार्यान्वयन भएको छैन, ऋण लिन सकिँदैन : काँग्रेस
ओलीलाई भेटेलगत्तै देउवाद्वारा महामन्त्रीद्वयसँग छलफल
पुर्वसभामुख ढुंगानाको निधनको शोकमा काँग्रेसले पार्टी कार्यालयमा झण्डा आधा झुकाउने
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक