पुर्वसभामुख ढुंगानाको निधनको शोकमा काँग्रेसले पार्टी कार्यालयमा झण्डा आधा झुकाउने

सफल खबर संवाददाता

सोमबार, ०३ मंसिर २०८१, १३ : १०
पुर्वसभामुख ढुंगानाको निधनको शोकमा काँग्रेसले पार्टी कार्यालयमा झण्डा आधा झुकाउने

काठमाडौँ। नेपाली काँग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा मंसिर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

२०८१ मंसिर ४ गते मंगलबारका दिन केन्द्रीय कार्यालय बन्द गर्ने र स्वर्गारोहणको १३ औँ दिनमा केन्द्रमा शोक सभा आयोजना गर्ने निर्णयसमेत काँग्रेसले गरेको छ ।नेपाली काँग्रेसको आज बसेको आकस्मिक केन्द्रीय समितिको बैठकले शोकप्रस्ताव पारित गर्दै सो निर्णय गरेको हो ।

पूर्व सभामुख ढुंगानाको ८३ वर्षको उमेरमा मंसिर २ गते फ्रन्टलाइन अस्पताल काठमाडौंमा निधन भएको थियो । उनको निधनबाट मर्माहत र स्तब्ध भएको नेपाली काँग्रेसले जनाएको छ ।

ढुंगानाको निधनको शोकमा काँग्रेसले एक सय दिने अभियान आज एक दिन रोक्ने र भोलिबाट पुनः सुरु गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस