काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।
बैठक सोमबार बिहान १०ः३० बजे पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन ललितपुरमा बस्ने छ । पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।
बैठकमा काठमाडौँमा उपलब्ध केन्द्रीय कार्यसमितिका सभापति र पदाधिकारीहरू सबैलाई उपस्थित हुन भनिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । डडेलधुरामा रहेका पार्टी सभापति शेरबहादुर देउवा ढुङ्गानाको निधनपछि काठमाडौँ फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ मंसिर २०८१, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यादेशमा एकीकृत समाजवादीसँग सहयोग माग्ने कांग्रेसको निर्णय
काँग्रेसद्वारा स्ववियु निर्वाचनबारे विद्यार्थी नेताहरूसँग छलफल
आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ: महामन्त्री थापा
कांग्रेस महाधिवेशन कहिले ?
जसपाले समर्थन गर्छ, राष्ट्रिय सभाबाट अध्यादेश ढुक्कले पारित हुन्छ : कांग्रेस
कांग्रेस संसदीय दलको बैठक बस्दै