काठमाडौं । गायिका स्मिता दाहालले लगनगाँठो कस्ने भएकी छन् । स्रोतका अनुसार आगामी २१ गते स्मिताले बबरमहलका २७ वर्षिय सायुज्य श्रेष्ठसँग लगनगाँठो कस्ने भएकी हुन् ।
उनीको गोकर्णस्थित नर्लिङ रिसोर्टमा विवाह समारोहको आयोजना गरिएको छ । यी दुईबीच इन्गेजमेन्ट भैसकेको छ । केही दिनअघि स्मिताले सायुज्यलाई प्रेमीको रुपमा चिनाउँदै उनी आफ्नो जीवनसाथी हुन लागेको बताएकी थिइन् ।
स्मिता लेख्छिन्, ‘मेरो माया, कलेजको बेन्चहरूमा लुकेर हेराहेर गर्दादेखि सधैंको लागि योजना बनाउँदासम्म । हामीले मात्र बुझ्न सक्ने यो हाँसो, अबेर रातीसम्मको कुराकानी र शान्त क्षणको यात्रा । साथीदेखि मेरो माया र अहिले सँधैको लागि । तिमीले ल्याएका हरेक खुसीको लागि धन्यवाद । मेरो औंला वरिपरि बेरिएको वाचाको लागि र मलाई संसारको सबैभन्दा भाग्यशाली हृदय बनाएकोमा धन्यवाद । यहाँ हाम्रो सुरुवातको लागि, यी हातले बनाएका सपना, माया, हाँसो र अनन्त सुन्दर सम्झनाको जीवनको लागि । म तिम्रो हुनको लागि पर्खन सक्दिन, सधैं र सधैं । मेरो सारा हृदयले, तिम्रो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० मंसिर २०८१, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डकी नातिनी स्मिताको विवाहमा मोदीको शुभकामना सन्देश
गायिका स्मिता दाहालले गरिन् बिहे