काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चिनियाँ सरकारले यसअघि प्रतिबद्धता गरेको अनुदान नै कार्यान्वयन नगरेकाले ऋणतर्फ जान नहुने भएका छन्।
काँग्रेसले गरेको नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरूबारे छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै चिनिया परियोजना विआरआईबारे काँग्रेसको दोहोरो नीति नभएको प्रष्ट पारे।
उनले भने, विआरआईबारे काँग्रेसको दोधारे नीति छैन, हामीले ऋण लिन हुँदैन भनेका हौँ। हामीले अहिले अनुदान सहयोगमा जोड दिएका छौँ। चिनियाँ सरकारले अनुदानको प्रतिबद्धता गरेको धेरै बर्ष भइसक्यो, कार्यान्वयन भएको छैन। अनुदान नै कार्यान्वयन भएको छैन, अनि ऋणको कुरा गरेर के अर्थ, हाम्रो ऋणको भार पनि धेरै भएको छ, चिनियाँ सरकारसँग मात्रै होइन, कुनै सरकारसँग पनि ऋण लिने बाटोमा जान हुँदैन।
उनले विआरआइ अन्तर्गत नै अनुदान सहयोग दिने आग्रह गरे।
उनले थपे, विआरआइको कुरा भइरहेको छ, त्यसमा अरु रणनीतिक सुरक्षाको कुरा पनि हुनुहुन्न भन्ने हाम्रो कुरा हो। विआरआइ अन्तर्गत नै अनुदान कार्यान्वयन गरे भयो ऋण लिनुहुन्न भनेका हौँ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ मंसिर २०८१, १४ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैतभित्र क्रियाशील सदस्यता विवाद टुंग्याउने कांग्रेसको लक्ष्य
कांग्रेस संसदीय दल अनुशासन समितिको संयोजकमा बडू नियुक्त
काँग्रेसका मन्त्रीहरूले भने-ओली नेतृत्वको सरकारमा काम गर्न कहीँ न कहीँ समस्या छ
अध्यादेश छलफलमै आएको हो‚ चर्चा गर्न आवश्यक छैन : कांग्रेस
सरकारमा सहभागी पार्टीका मन्त्रीहरुसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी
सरकारमा सहभागी कांग्रेसका मन्त्रीसहितको संसदीय दलको बैठक बस्दै