अफगानिस्तानमा सोह्रजना तालिवान मारिए

मंगलबार, ०४ बैशाख २०७५, १७ : ३३
अफगानिस्तानमा सोह्रजना तालिवान मारिए

अफगानिस्तान । अफगानिस्तानको पूर्वीप्रान्त गजनीको मुकार जिल्लामा सुरक्षाबल र तालिवान आतंककारीबीच भएको झडपमा परी १६ जना आतंककारी मारिएका छन् । यस झडपमा कम्तीमा पनि १६ जना आतंककारी मारिएका छन् भने १३ भन्दा बढी घाइते भएका गजनी प्रान्तका प्रान्तीय प्रमुख मोहमद जमान खोस्तीले मङ्गलबार जानकारी दिनुभएको छ ।
मुकार जिल्लाको अलि खिल क्षेत्रमा गस्तीमा रहेका सुरक्षा अधिकारीहरुलाई एक बसमा आएका तालिबान लडाकू समूहले गरेको आक्रमणपछि दुई समूहबीच झडप भएको बताइएको छ । झडपको क्रममा १६ जना आतंककारी मारिएपछि त्यहाँ बाँकी रहेका आतंककारी भागेका थिए ।
अफगानिस्तानमा सन् २०१४ को डिसेम्बरको अन्त्यमा नेटो सेनाका प्रायः सेना अफगान युद्ध सकिएको घोषणा गर्दै त्यहाँबाट फर्किएकापछि अफगान सुरक्षाबल माथिको आक्रमण बढ्नुको साथै हताहत पनि बढेको पाइन्छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस