चट्याङ लागेर २२ जनाको मृत्यु

मंगलबार, ०४ बैशाख २०७५, १६ : ५७
चट्याङ लागेर २२ जनाको मृत्यु

रुवाण्डा । रुवाण्डाको किगाली भन्ने स्थानमा चट्याङ लागेर दुई दिनयता कम्तीमा पनि २२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । दक्षिणी रुवाण्डामा भएको सो घटनामा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका पनि यहाँका गृह प्रशासनसम्बन्धी अधिकारीले शनिबार जानकारी दिएका छन् ।

सोमबार बिहान ११ बजेतिर ४५ जनालाई आकास चम्किएको विद्युतले हानेको थियो, त्यसलगत्तै भूईँमा लडेका उनीहरुको घटनास्थलमै निधन भएको छ– एकजना स्थानीय नागरिकले सञ्चारकर्मीलाई जानकारी दिएका छन् । सो स्थानमा गत वर्ष पनि यसरी चट्याङ लागेर केही मानिसको ज्यान गएको थियो ।  (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस