थारुवान आन्दोलनको ६ वर्ष पुगेको अवसरमा काठमाडौंमा प्रदर्शन

सफल खबर संवाददाता

विहीबार, ०३ भदौ २०७८, १४ : २६
थारुवान आन्दोलनको ६ वर्ष पुगेको अवसरमा काठमाडौंमा प्रदर्शन

काठमाडौं । कैलालीको टीकापुरमा थरुहट, थारुवान आन्दोलन भएको ६ वर्ष पुगेको अवसरमा काठमाडौंमा प्रदर्शन भएको छ । थारुहट थारुवान राष्ट्रिय मोर्चाको आयोजनामा बुधबार, बिहीबार र शुक्रबार तीन दिन काठमाडौंको माइतीघरमा प्रदर्शनको कार्यक्रम छ ।

प्रदर्शन र धर्नामा सहभागीले सांसद रेशम चौधरीको रिहाइ, गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक, टीकापुर घटनामा दोषी ठहर भइ जेलमा रहेकाहरुलाई रिहाइ गर्न माग गरेका छन् ।

प्रदर्शनमा बृहत नागरिक आन्दोलन पनि सहभागी भएको छ । प्रदर्शनमा नारायण वाग्ले, खगेन्द्र संग्रौलालगायतका नागरिक पनि सहभागी भएका छन् । प्रदर्शनमा सांसद रेशम चौधरीको छोरा पनि प्लेकार्डसहित सहभागी भएका छन् ।

थारु समुदाय बहुल क्षेत्र छुट्टै प्रदेशको माग गर्दै कैलालीको टीकापुरमा थारु समुदायले गरेको प्रदर्शनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या भएको थियो । उक्त घटनामा दोषी ठहर भएका सांसद रेशम चौधरी हाल कारागारमा छन् ।

प्रतिक्रिया दिनुहोस