काठमाडौं । यातायात व्यवस्था विभागले खालि कार्ड सकिएपछि लाइसेन्स छपाइ बन्द गरेको छ । अघिल्लो वर्ष बन्दाबन्दीकै बीच कार्ड छपाइ गरेर डेढ वर्षदेखि रोकिएका कार्ड बाँडेको विभागले यस वर्ष निषेधाज्ञाका बीच अन्य चाप नहुँदा पनि कार्ड छपाइको काम गर्न सकेन ।
कार्ड अभाव भएपछि विभागले गतवर्ष फागुनदेखि नै नियमित लाइसेन्स छपाइको काम गर्न सकेको छैन । विभागसँग फागुनमा ३० हजार जति मात्रै कार्ड स्टक रहेपछि कार्ड छपाइको नियमित काम रोकिएको थियो ।
यो बीचमा अत्यावश्यक केही कार्ड छपाइ गरेकोमा अहिले करीब २० हजार मात्रै खाली कार्ड बाँकी रहेको विभागका महानिर्देशक नवराज घिमिरे बताउँछन् । उनका अनुसार फागुनपछि विदेश जान लागेका सेवाग्राही, कर्मचारी, मिशनमा जान लागेका आर्मी, प्रहरी लगायत अत्यावश्यक परेकालाई मात्र विभागले लाइसेन्स छापेर उपलब्ध गराएको छ । आर्थिक न्यूजमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०२ भदौ २०७८, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सवारी लाइसेन्सको त्रुटि अब प्रदेश कार्यालयबाट सच्याउन पाइने
‘स्मार्ट लाइसेन्स’ सक्कली कि नक्कली जाँच्नै समस्या
एनसेलको लाइसेन्स पाँच वर्षलाई नवीकरण
एकाएक किन रोकियो लाइसेन्सको ट्रायल ?
काठमाडौँ उपत्यकाका चार वटा ट्रायल सेन्टरमा रोकियो लाइसेन्सको ट्रायल
टुरिस्ट गाइड लाइसेन्स चेकिङमा कडाइ