काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाउँ’ भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।
प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भनेर शाक्यले दायर गरेको रिट निवेदन दर्ता गरेको सर्वोच्चका सहरजिष्ट्रार बाबुराम दाहालले जानकारी दिए ।
रिटमा शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधान सम्मत मेरो अधिकार हनन भएको’ दावी गरेको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले रातोपाटीलाई बताए । शाक्यले विद्युत प्राधिकरणमा आफैंलाई कायम गर्न अन्तरिम आदेशको माग गरेका छन् ।
यसअघि शाक्यकै सहमतिमा सरकारले कुलमानलाई प्राधिकरणमा नियुक्त गरेको दावी गरिएको थियो । शाक्यलाई सचिव सहरको सेवा सुविधा दिइ ऊर्जा आयोगमा ४ वर्षका लागि नियुक्ति गरिएपनि उनी एकाएक सर्वोच्च गएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३२ साउन २०७८, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चमा दर्ता भयो हितेन्द्रदेव शाक्यको रिट
हितेन्द्रको प्रतिक्रिया– मलाई सरकारले न्याय गर्यो, लोडसेडिङ हुँदैन