काठमाडौं । तालिबानले अफगानिस्तानमा कब्जा जमाएसँगै अमेरिकासहितका ६५ मुलुकले आफ्ना विदेशी नागरिकलाई स्वतन्त्र रुपमा आफ्नो मुलुक फर्किन दिनुपर्ने भन्दै संयुक्त विज्ञप्ति निकालेका छन् । साथै अहिले अफगानिस्तानबाट विदेशी नागरिकलाई उद्धारको काम पनि चलिरहेको छ । तर, रुस र चीनले भने अफगानिस्तानको दूतावास बन्द गर्ने कुनै योजना नरहेको संकेत गरेका छन् ।
चीनले आफगानिस्तानमा रहेका आफ्ना नागरिकहरुलाई घरभित्रै बस्न र अवस्थाप्रति सतर्क रहन सुझाएको छ । साथै उसले अफगानिस्तानका विभिन्न निकायलाई आफ्ना नागरिकको सुरक्षाको लागि आग्रह गरेको छ । रुसको विदेश मन्त्रालयले पनि आफ्ना नागरिकको उद्धार गर्ने कुनै योजना नरहेको बताएको छ ।
तालिबानका प्रतिनिधिले गत जुलाईको अन्तिममा चीन भ्रमण गरेका थिए । सो क्रममा उनीहरुले चिनियाँ विदेशमन्त्रीसँग भेटवार्ता गरेका थिए । उक्त भेटलाई तालिबानको राजनीतिक शक्तिको रुपमा अन्तर्राष्ट्रिय मान्यता पाउने प्रयासको रुपमा लिइएको थियो ।चीनको विदेश मन्त्रालयले भने अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने आफ्नो रणनीति रहँदै आएको स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३२ साउन २०७८, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने
अफगानिस्तानमा सवारी दुर्घटनामा परी ४८ को मृत्यु, एक सय ६० भन्दा बढी घाइते
अफगानिस्तानद्वारा बंगलादेशलाई १ सय १६ रनको लक्ष्य
अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको टार्गेट
अफगानिस्तानमा सामुहिक कुटपिटको घटनाबारे राष्ट्रसङ्घको प्रतिक्रिया– अन्तर्राष्ट्रिय मानवअधिकार दायित्वको सम्मान होस्