अब माधव नेपालको नयाँ  पार्टी, ओली विरुद्ध सशक्त प्रतिवाद

सफल खबर संवाददाता

आइतबार, ३१ साउन २०७८, ०७ : ५३
अब माधव नेपालको नयाँ  पार्टी, ओली विरुद्ध सशक्त प्रतिवाद

काठमाडौँ । अन्ततः नेकपा (एमाले) भित्र खड्ग ओलीको ज्यादती सहन नसक्ने भएपछि वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खना समूहलेअब नयाँ पार्टी बनाउने निष्कर्षमा पुगेका छन् ।

पार्टी एकताको नाममा वार्ता गर्न भनेर पठाइएका कार्यदल सदस्यले नै ओलीका लागि काम गरेको, उनीहरुको भाषा बोलेको तथा एकताको नाममा आत्मसमर्पण गरेको पाइएपछि नेपाल समूहले नयाँ पार्टी बनाउने योजना बनाएको हो । नयाँ पार्टीको विधान, तथा अन्य आवश्यक तयारी समेत भइरहेको छ । 

नेपाल समूहको नाममा रहेका भनिएका भीम रावल भारतीय खुफिया एजेन्सीका मानिससँगको रहसस्यम भेटपछि एकाएक एक सय असी डिग्री कोणमा परिवर्तन भए ।  यस्तै, अन्य केही नेताहरु जस्तै भीम आचार्य, सुरेन्द्र पाण्डे र गोकर्ण विस्टले ओलीका सामु झोला बिसाउने अवस्था सिर्जना भयो । यसले पनि नेपाल समूहले दोस्रो पुस्ताबाट होइन, तेस्रो पुस्ताबाट नयाँ अध्याय शुरु गर्ने योजना बनाएको छ । त्यसो हुँदा पार्टीमा नयाँ जोश, जागर पैदा हुन्छ ।

नयाँ शिराबाट कम्युनिस्ट आन्दोलनलाई उठाउन सकिन्छ भन्ने सोचका साथ अगाडि बढीसकेको छ । ओली चरमरुपमा दक्षिणपन्थमा विसर्जन भएको निष्कर्षका साथ अब नयाँ आधारमा अगाडि बढ्ने उनीहरुको योजनाले मूर्त रुप लिने भएको छ । 

अब अन्य गठबन्धनका दलसँगको सहकार्यमा नेपाल समूहले वाग्मती र प्रदेश नं १ को सरकार समेत परिवर्तन गर्ने तयारी गरेको छ । वाग्मतीमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने तयारी छ । यस्तै प्रदेश नं १ मा पनि भीम आचार्यले माने उनलाई नमाने, अर्को  कुनै एक नेतालाई मुख्यमन्त्री बनाउने तयारी छ ।

ओलीका विरुद्ध जसरी पनि जनमत निर्माण गर्ने र उनको गलत हर्कतका विरुद्ध भण्डाफोर गर्ने योजनाका साथ उनीहरुले तयारी गरेका छन् । ओलीको प्रतिगामी योजनाको भण्डाफोर गर्ने लक्ष्यका साथ नेपाल समूहले आवश्यक तयारी गरेको छ । जसरी भएपनि ओली विरुद्ध सशक्त प्रतिरोधी मोर्चा बनाउने लक्ष्यका साथ काम भइरहेको छ । कतिपय अवस्थामा अबस्थामा सामान्य विचार तथा सिद्धान्त विपरित गएर भएपनि ओली विरोधी मोर्चा खोल्ने तयारीमा नेपाल समूह रहेको छ । 


अब नेपाल समूहले समाजवादी केन्द्रको अवधारणाका साथ ओली जस्ता प्रतिगामीलाई साइजमा ल्याउन हरसम्भव प्रयास गर्नुपर्छ । राज्यकोषमा दोहन गरेर राखेको पैसाले केही समय ओलीले ज्यादती गर्न सक्छन्, तर त्यो पानीको फोका सावित हुने निश्चितप्राय भएको छ । 

प्रतिक्रिया दिनुहोस