अफगानिस्तान । तालिवानको बढ्दो हिंसाको कारण देश छाड्न बाध्य भएका अफगानिस्तानका नागरिकहरूलाई मद्दत गर्ने क्यानडाले घोषणा गरेको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले यसबारे जानकारी दिँदै ट्वीटरमा लेखेका छन्, ‘अफगानिस्तानमा स्थिति खराब हुँदैछ र त्यहाँका जनताको जीवन खतरामा छ ।
उनीहरूको मद्दतका लागि हामी रिसेटल्मेन्ट प्रोग्राम विस्तार गरिरहेका छौँ । हामी प्रभावित बनेका २० हजार जना अफगानिस्तानका जनतालाई शरण दिन्छौँ र यो प्रक्रियालाई चाँडो बनाउँछौँ ।’
अध्यागमन मन्त्री मार्को मेन्डिसिनोले यस योजनामा महिला, नेता, मानवअधिकार कार्यकर्ता, पत्रकार, अल्पसङ्ख्यक समुदाय, एलजीबीक्यूआईका सदस्यहरूलाई पहिलो प्राथमिकता दिइनेछ जसलाई तालिवानबाट खतरा छ । ‘अफगानिस्तानको स्थिति दयनीय छ र क्यानडा त्यहाँको जनताको साथमा छ,’ उनले भने ।
यसको साथै पहिलेदेखि लागू स्पेसल इमिग्रेसन कार्यक्रम पनि निरन्तर रहने जानकारी दिइएको छ । यस अन्तरगत अफगानिस्तानमा क्यानडाका लागि काम गर्नेहरूलाई मद्दत गरिनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० साउन २०७८, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने
अफगानिस्तानमा सवारी दुर्घटनामा परी ४८ को मृत्यु, एक सय ६० भन्दा बढी घाइते
अफगानिस्तानद्वारा बंगलादेशलाई १ सय १६ रनको लक्ष्य
अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको टार्गेट