आजबाट प्रिमियर लिग : आर्सनल र ब्रेन्टफोर्ड भिड्दै

सफल खबर संवाददाता

शुक्रबार, २९ साउन २०७८, ११ : ३६
आजबाट प्रिमियर लिग : आर्सनल र ब्रेन्टफोर्ड भिड्दै

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलको नयाँ सिजन आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा आज राती आर्सनलले प्रिमियर डिभिजनको नवप्रवेशी टोली ब्रेन्टफोर्डसँग खेल्नेछ ।

यो खेल ब्रेन्टफोर्डको मैदानमा हुनेछ । यस पटक ब्रेन्टफोर्डसँगै नरिच सिटी र वाट्फोर्ड च्याम्पियनसिपबाट प्रिमियरसिपमा उक्लिएका छन् ।साविक विजेता म्यान्चेस्टर सिटीले आफ्नो पहिलो खेलमा आइतवार टोटनह्याम हट्सपरसँग खेल्नेछ ।

यसैगरी पहिलो चरणमा लिरभपुलले नरिच सिटीको सामना गर्दा चेल्सी र क्रिष्टल प्यालेस तथा म्यानचेस्टर युनाईटेड र लिड्स युनाईटेड भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस