युवालाई बाँधेर कुटपिट गर्ने वडाध्यक्ष ५ हजार धरौटीमा छुटे

सफल खबर संवाददाता

बुधबार, २७ साउन २०७८, २० : ०३
युवालाई बाँधेर कुटपिट गर्ने वडाध्यक्ष ५ हजार धरौटीमा छुटे

जाजरकोट । जुनीचाँदे गाउँपालिका–२ का वडा अध्यक्ष रामबहादुर नेपाली धरौटीमा छुटेका छन्। उनले स्थानीय एक युवालाई बाँधेर कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय जाजरकोटले वडाध्यक्ष नेपालीलाई ५ हजार धरौटीमा छोड्ने गर्ने निर्णय गरेको हो। 

भिडियोका आधारमा जिल्ला प्रहरी कार्यालय जाजरकोटले अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाइएको थियो। पीडितको बयानका आधारमा ५ हजार रुपैयाँ धरौटीमा छोडिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जानकारी दिएको छ।

जाजरकोट प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले भने, ‘गलत नियत नभेटिएपछि ५ हजार धरौटीमा छोडिएको छ।’ उनका अनुसार वडाध्यक्ष नेपालीलाई भदौ १६ गते बकपत्र गर्न आउने शर्तमा धरौटीमा छोडिएको हो। 

प्रतिक्रिया दिनुहोस