एमाले युवासंघका उपाध्यक्ष साउद माओवादी केन्द्रमै फर्किए

सफल खबर संवाददाता

बुधबार, २७ साउन २०७८, १९ : ५४
एमाले युवासंघका उपाध्यक्ष साउद माओवादी केन्द्रमै फर्किए

काठमाडौं । नेकपा विभाजन हुँदा लेखराज भट्टसँगै एमालेमा गएर युवासंघमा उपाध्यक्षको जिम्मेवारी पाएका योगेश साउद माओवादी केन्द्रमै फर्किएका छन्। उनी एमालेमा प्रवास विभाग प्रमुख समेत भइसकेका थिए । 

साउद बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्दै नेकपा एमाले परित्याग गरेको घोषणा गरेका हुन्। उनलाई प्रचण्डले माओवादी केन्द्रमा स्वागत गरेका थिए । 

एमालेभित्र लोकतान्त्रिक अभ्यास र राजनीतिक चरित्र नभएकोले त्यहाँ बस्न नसक्ने अवस्था सिर्जना भएर पुनः माओवादी केन्द्रमा फर्केको साउदले बताएका छन्। साउदसहित युवा संघका सुदूरपश्चिम प्रदेशका २६ जना केन्द्री सदस्य माओवादीमा फर्किएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस