काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीको नाम नलिई उनीतर्फ संकेत गर्दै कसैको टाङमुनि नछिर्ने चेतावनी दिएका छन् । मंगलबार नयाँ बानेश्वरमा अनेरास्ववियुले गरेको एक कार्यक्रममा प्रमुख अतिथि बनेका नेता नेपालले केपी ओलीसँग नझुक्ने संकेत गरे ।
‘हामी कसैसँग शीर निहुर्याउँदैनौं, कसैको टाङमुनि छिर्दैनौं, गलत र दम्भीसँग डराउँदैनौं,’ नेता नेपालले भने । उनले दम्भी र घमण्डी नबनी सत्य र न्यायको बाटोमा अगाडि बढिरहने बताए । नेपालले कर्णालीमा प्रदेशसभा सदस्य पद गुमेका आफूपक्षीय नेताहरूलाई फेरि जिताएर ल्याउने दावी गरे । उनीहरूले बहादुरी देखाएको नेपालको टिप्पणी छ ।
‘कर्णालीका साथीहरुले बहादुरी देखाउनु भयो, कायरता देखाउनु भएन’, उनले भने, ‘उहाँहरुले जितेको पद खोसिएको छ, अब पार्टी सदस्यता पनि खोसियो भने, त्यहाँ फेरि चुनाव भयो भने उहाँहरूलाई जिताएर ल्याउने जिम्मा मेरो भयो।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ साउन २०७८, १७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा देशलाई लैजान हुँदैन : माधव नेपाल
कम्युनिष्ट भनिएकाहरूले मुलुक चलाए पनि जनता सन्तुष्ट छैनन् : माधव नेपाल
प्रचण्ड, माधव नेपाल र राजेन्द्र लिङदेनबिच छलफल
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, पार्टी एकताको विषयमा छलफल
ओलीलाई बीआरआई परियोजना स्वीकार्न माधव नेपालको सुझाव
दुई दलीय व्यवस्थाका लागि सरकारले अध्यादेश ल्याउन लागेको हो : माधव नेपाल