माधव नेपालको प्रश्न : वडामहाराजले ठिक गरे भन्दै हामी म्याँउ म्याँउ गरेर मात्रै बस्ने की विद्रोहका लागि तयार हुने ?

सफल खबर संवाददाता

आइतबार, २४ साउन २०७८, ०८ : ४७
माधव नेपालको प्रश्न : वडामहाराजले ठिक गरे भन्दै हामी म्याँउ म्याँउ गरेर मात्रै बस्ने की विद्रोहका लागि तयार हुने ?

काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी ओलीसँग मिल्न जानुपर्ने चर्को दवाव खेपिरहेका वरिष्ठ नेता माधव नेपालले ओलीसँग झुकेर एकता नहुने फेरि स्पष्ट पारेका छन् । आफ्नै समुहभित्रका पनि दोस्रो तहका नेताहरुले ओलीसँगको अन्तरसंर्घषमा खुटटा कमाउन थालेपछि नेपाल भने तेस्रो पुस्ताको साथमा झन् कडा भएका छन् ।

नेपालले आफु निकटका दोलाखा जिल्ला का अगुवा नेताहरुसँगको भर्चुअल बैठकमा ओली सुध्रिने र पार्टी एकता हुनेमा आफुलाई भने विश्वास नलागेको बताएका छन् । ओलीले संसदलाई पूर्ण कार्यकाल चल्न दिने, संसद विघटन गलत थियो भन्ने स्वीकार गरेर ओलीले माफी माग्नुपर्ने र सम्ममानजनक एकता गर्नुपर्ने अडान लिईरहेका छन् ।

नेपालले विकसित घटनाक्रमका विषयमा विहिवार र शुक्रबार आफु निकटका केन्द्रीय सदस्यहरुसँगको छलफल गरेका थिए । सबै सदस्यहरुसँग तिन मिनेटका दरले सुझाव सुनेका नेपालले त्यसपछि ओलीले आफुलाई जतिसुकै अपमान गर्न खोजेपनि आफु पार्टीभित्रको सम्मानजनक एकताका लागि लडिरहेको तर ओलीले एकता नचाहिरहेको बताएका थिए ।

ओलीले माफी मागेर सच्चिएर आएमा एकता अझै पनि सम्भब रहेको नेपालले बताईरहदा ओलीले भने आफैले नेपाललाई दोस्रो अध्यक्ष दिने भनी आफु निकटको केन्द्रीय कमिटिको बैठकमा राखेको प्रस्ताववाट पनि पछि हटेका छन् ।

उनले यसलाई अब च्याप्टर क्लोज भएको बताएर नेपालमाथी झन खनिन थालेका थिए । त्यसपछि नेपालले ओलीले अझै एकता नचाहेको प्रष्ट देखिएको नेताहरुसँग विफ्रिङ गरेका थिए । १० बुँदे सहमति हुवहु कार्यान्वयनमा लैजाने र सम्मानजनक एकता भए एमाले एकता हुने नेपालले बताएपन ओलीका गतिविधि त्योअ नुसार अगाडी जाने नदेखेपछि उनी पनि झन कडा देखिएका छन् ।

नेपालले दोलखाका अगुवा कार्यकर्तासँग ओली सुध्रिनेमा आफूलाई विश्वास नलागेको प्रष्टै बताएको सहभागी एक जिल्लास्तरका नेताले बताए । ‘पार्टी एकताका लागि हामीले त ओलीलाई अन्तिम मौका दिएको छौं । तर तपाईहरुलाई के लाग्छ रु ओली सुध्रिएर आउँछन् रु मलाई चही लाग्दैन । उनी सुध्रिने, एमालेलाई एकतावद्ध गराउने र सवैको पार्टीभित्र सम्मानजनक स्थान रहने कुरामा लचिलो भएर आउँछन् भन्ने मलाई चहँी लाग्दैन ।’ नेपालले जिल्लाका अगुवा नेताहरुसँग भनेका थिए ।

आफ्नै तर्फबाट ओलीसमुहसँगको वार्ताका लागि खटिएका दोस्रो तहका नेताहरुले आफुलाई करिब धोका दिएको नेपालको बुझाई थियो । ‘सिधा र प्रष्ट भाषामा त्यस्तो कुरा त उहाँले राख्नुभएन, तर दोस्रो तहको अझ कार्यदलमा रहेका नेताहरुप्रति भने उहाँले विश्वास गरेको देखिएन,’ ति नेताले सफलखबरसँग भने,–‘ तर उहाँले आफ्नो विचार समुहका नेताहरुसँग पार्टीभित्रको अन्तरसंर्घष झेल्ने, अप्ठ्याराहरुको सामना गर्ने दम नदेखिएको विषय भने प्रष्ट रुपमा राख्नुभएको थियो ।’

उनले योगेश, भीम रावल, सुरेन्द्र पाण्डेहरुलाई अहिले आफनो ब्यक्तिगत लाभका विषय वाहेक अरु कसैको पनि चिन्ता देखिन छोडेको संकेत पनि गरेका थिए ।
 ‘हाम्रा दोस्रो पुस्ताका नेताहरुलाई के छ र? महिले पार्टीमा ओलीको चाकरी गरे टिकट पाईहाल्छु, पार्टी मिलाउँदा चुनाव जितिहाल्छु अलिक मेहनत गरेभने, अरुको के मतलब , भाडमा जाउन भन्ने लागेको हुनसक्छ,’ नेपालको भनाई उदधृत गदै ति जिल्ला नेताले भने,–‘तर त्यसरी पार्टी चल्दैन । 
दोस्रो पुस्ताका हाम्रा नेतालाई आफनो मात्र स्वार्थ बोके होला, तर मलाई त्यो छुट छैन । मलाई तपाई हाम्रो सबैको चिन्ता बोक्नुछ । सबैको पार्टीभित्रको योगदान र क्षमताका आधारमा जिम्मेवारी सुनिश्चित गर्नुछ । त्यो दायित्वबाट म भाग्न मिल्दैन ।’

नेपालले सम्मानजनक पार्टी एक्ता नभए फरक ढंगले भएपनि अगाडी बढनुको विकल्प नभएको बताएका थिए ।
‘सक्दा एकताको प्रयास गर्ने हो, नसक्दा कठिन बाटो हिडन पन तयार हुनुपर्छ, नेता भएपछि त्यो जोखिम र हिम्मत गर्नुपर्छ’ नेता नेपालले भनेका थिए ।

उनले अहिलेकै अवस्थामा जस्ताको तस्तै र ओलीको मनोमानी आख चिम्लेर स्वीकार गरेर जाने प्रश्नै नआउने भन्दै यसमा कम्तीमा प्रष्ट भएर आफनो विचार समुहको संगठन विस्तारमा लाग्न निर्देशन पनि दिएका थिए ।  ‘केपी ओली सुध्रिएनन् भने, उनले कुनै पनि कुरालाई मानेनन् भने गर्ने के ?  त्यहाँ गएर फस्ने रु त्यहाँ गएर रुने रु चिच्याउने, कराउने ? टाउकोमा हात राखेर बस्ने ? हाम्रा केही दोस्रो पुस्ताका नेता भन्नेहरुलाई त्यो स्वीकार्य होला, तर माधव नेपाललाई र तपाईहरुलाई त्यो स्वीकार्य विषय हुनुहुदैन, हामी सम्मानजनक एकताको कुरा गरिरहेका छौं ।’ नेपालले भनेका थिए ।

ओलीले पार्टी विवादकै वीचमा विद्यान महाधिवेशन गर्ने, नगर सम्मेलनहरु गर्ने र आफनो गुटका मानिसहरुलाई जिम्मेवारी दिने अरुलाई पन्छाउने विधिमा अगाडी वढिसकेको भन्दै तयो मान्य नहुने नेता नेपालले बताएका थिए । ओलीले आजका लागि केन्द्रीय समिति र स्थायी कमिटिको बैठक बोलाएका थिए । तर उता ओलीलाई पनि एकताका लागि दवाव वढिरहेका कारण उनले आज –आइतबार०का लागि बोलाईएको बैठक एक दिन पछि सार्न प्रेसर परेको छ । उनले वैठक सोमबार सम्मलाई सारेका छन् ।

तर ओलीको गतिविधि गुटगत रहेको र उनी अव धेरै टाढा पुगन थालेको बताएका थिए ।
‘ओली धेरै टाढा पुगिसकेका छन्, उनी सुध्रिने छाँटकाँटमा छैनन। धमाधम गालीका गोलाबारुद हामीमाथी बर्साइरहेका छन्, अनि हामी ओलीले जे गरेपनि वडामहाराजले ठिक गरे भन्दै  म्याँउ म्याँउ गरेर मात्रै बस्ने ? कि हिम्मतका साथ विद्रोह गर्न अगाडी बढ्ने ? नेता नेपालले कार्यकर्तासामु प्रश्न गरेका थिए ।

ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक नरोके, सदस्यता नवीकरण,बितरण र अधिवेशन नरोके ओलीसँग एकताको कुनै कुरा समेत नगर्ने नेपालको प्रष्ट भनाई रहेको ति नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस