काठमाडौँ । परीक्षा नदिएको विषयमा पनि ग्रेडिङ गरिएको पाइएको छ।
अनिवार्य गणितमा प्रयोगात्मक परीक्षा हुँदैन। तर, बोर्डले शनिबार सार्वजनिक गरेको परीक्षाफलमा अनिवार्य गणितको प्रयोगात्मकमै ग्रेडिङ गरेको पाइएको हो।
परीक्षाफलको ग्रेड सिटमा अनिवार्य गणितको प्रयोगात्मकमा ग्रेडिङ नम्बर पाएका रमण सापकोटाले आफू अन्योलमा परेको सुनाए। उनले सुरुमा परीक्षाफल आफ्नो नभएको हो कि भनी झुक्किएको समेत सुनाए।
‘सिम्बोल नम्बर र जन्ममिति सबै मिल्छ। विद्यालयको नामसमेत मिल्छ’, उनले भने, ‘तर ग्रेडिङ सिटमा परीक्षामै नदिएको अनिवार्य गणितको प्रयोगात्मकमा पनि ग्रेडिङ गरिएको देखेर झुक्किएँ, दोहोर्याई तेहेराई परीक्षाफल हेरेँ केही फरक भएन। अन्योल बढ्यो।’
उनले विद्यालयले पो त्रुटिपूर्ण ग्रेडिङ गरेको हो कि भनी विद्यालय र विषय शिक्षकसँग बुझ्दा बोर्डबाटै त्रुटि भएको जानकारी दिएको सुनाए।
बोर्ड अध्यक्ष चन्द्रमणि पौडेलले भने आफूहरूको वेबसाइटमा कुनै त्रुटि नभएको र उक्त त्रुटिबारे अहिलेसम्म कुनै जानकारी नआएको प्रतिक्रिया दिए। उनले त्यस्तो त्रुटि नहुनुपर्ने समेत बताए।
अध्यक्ष पौडेलले अरू सेवाप्रदायक संस्थालाई दिएको परीक्षाफलमा गल्ती गरेको हुन सक्ने भन्दै बोर्डको आधिकारिक वेबसाइटमा हेर्न सुझाए। राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसईईको नतिजा सार्वजनिक गरेको थियो । अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २४ साउन २०७८, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परीक्षा बिग्रिएपछि तीन जना किशोरीले गरे विष सेवन
शुल्क अन्योलले रोकिए परीक्षा फाराम
सञ्चालनमै सकस भयो त्रिवि सेवा परीक्षा
तीन निकायको परीक्षा कार्यालय मर्ज गर्ने गरी कार्यदल बन्यो
कक्षा १२ को मौका परीक्षामा अंग्रेजी विषयमा धेरै फेल
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा सकिएको चार दिनमै नतिजा प्रकाशन