एमसीसीको विरोध गर्दै राष्ट्रवादी नागरिक समाजद्वारा काठमाडौंमा प्रदर्शन

सफल खबर संवाददाता

शुक्रबार, २२ साउन २०७८, १४ : १२
एमसीसीको विरोध गर्दै राष्ट्रवादी नागरिक समाजद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौँ ।अमेरिकी मिल्लेनियम सहयोग परियोजना एमसीसीको विरोध गर्ने नाउँमा गणतन्त्र मूर्दावादको नारा लागेको छ ।राष्ट्रवादी नागरिक समाजले एमसीसी सम्झौताको विरोध तथा राजतन्त्र र हिन्दुराष्ट्र कायम गर्न माग गर्दै शुक्रबार राजधानीमा प्रदर्शन गरेको हो ।

महाराजगन्जस्थित चक्रपथबाट सुरु भएको विरोध –याली पूर्वराजा ज्ञानेन्द्र शाहको निर्मल निवाससम्म पुगेर नाराबाजी गरेको हो । विदेशी षड्यन्त्रपूर्ण हस्तक्षेप र नेताहरूको राष्ट्रघाती चलखेलबाट जनतालाई उद्धार गरेर देशको जिम्मेवारी सम्हाल्न भन्दै पूर्व उक्त समाजले पूर्वराजा शाहलाई विन्ती पत्र समेत बुझाएको छ ।

सो क्रममा प्रदर्शनकारीहरुले भ्रष्ट नेता सत्ता छोड, गणतन्त्र मूर्दावाद, राजतन्त्र जिन्दवाद, एमसीसी खारेज गर, विदेशी हस्तक्षेप मूर्दावाद, गाणतन्त्र बाईबाई– राजतन्त्र हाईहाई, दलीय शासन मूर्दावाद-जनताको शासन जिन्दावाद लगायत नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस