भुटानबाट ३ लाख मात्रा एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

सफल खबर संवाददाता

शुक्रबार, २२ साउन २०७८, १२ : २१
भुटानबाट ३ लाख मात्रा एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

भुटान । भुटानबाट कोरोनाभाइरस (कोभिड—१९) विरुद्धको तीन लाख मात्रा एस्ट्राजेनेकाको खोप नेपाल आइपुगेको छ । भुटान सरकारले नेपाललाई सहयोग स्वरूप एस्ट्रजेनेकाको खोप उपलब्ध गराएको हो ।

भुटानको थिम्पुस्थित पारो विमानस्थलबाट उडेको ड्रुक एयरको कार्गो विमान विहान ९ः४० बजे काठमाडौँ आइपुगेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा। समीरकुमार अधिकारीले बताए  ।

भुटानबाट नेपालले प्राप्त गरेको एस्ट्राजेनेका खोप अब कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन नपाएका नागरिकको प्राथमिकतामा पार्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिशिल्ड खोप पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन नपाएका १३ लाख ३८ हजार बढी नागरिक छन् ।

प्रतिक्रिया दिनुहोस