काठमाडौँ । चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउने अभियान आजदेखि देशैभर सुरु भएको छ । कोरोना भाइरसविरुद्ध भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो डोज खोप लगाउने कार्य सुरु भएको हो।
आजदेखि तीन दिनसम्म देशैभरीका विभिन्न खोप केन्द्रहरुमार्फत खोप अभियान सञ्चालन हुने छ । आफूलाई पायक पर्ने केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन सकिने छ। दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो खोप लगाएको कार्ड लिएर जान पनि आग्रह गरिएको छ।
असार २९ गतेदेखि ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई भेरोसेलको पहिलो डोज दिइएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ साउन २०७८, ०८ : ४४
लेखकबाट थप