महिला फुटबलको कास्य अमेरिकाले जित्यो

सफल खबर संवाददाता

विहीबार, २१ साउन २०७८, १७ : ४३
महिला फुटबलको कास्य अमेरिकाले जित्यो

टोकियो । अमेरिकाले टोकियो ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलतर्फ कास्य पदक जितेको छ।

बिहीबार तेस्रो स्थानका लागि भएको खेलमा अमेरिकाले अस्ट्रेलियालाई ४–३ गोलले हरायो।अमेरिका चार पटकको स्वर्ण पदक विजेता हो। उसले सन् १९९६, २००४, २००८ र २०१२ को ओलम्पिकमा महिला फुटबलतर्फ स्वर्ण जितेको हो।

२००० को संस्करणमा जितेको अमेरिका चार वर्षअघि भएको रियो ओलम्पिकमा भने सेमिफाइनल पनि पुग्न सकेको थिएन। यसपटक महिला फुटबलको स्वर्णका लागि शुक्रबार स्विडेन र क्यानडा भिड्दैछन्।

प्रतिक्रिया दिनुहोस