बम विस्फोट

अज्ञात समूहद्धारा काभ्रेको रोडा–ढुङ्गा उद्योगमा बम आक्रमण

आइतबार, ०२ बैशाख २०७५, १३ : ००
अज्ञात समूहद्धारा काभ्रेको रोडा–ढुङ्गा उद्योगमा बम आक्रमण

काभ्रे । काभ्रेस्थित रोडाढुङ्गा उद्योगमाथि अज्ञात समूहले आक्रमण गरेको छ । नवबुद्ध नगरपालिकाको चौकीडाँडास्थित ब्लु साइन रोडाढुङ्गा उद्योगमा वैशाख १ गते विहान बम बिष्फोष्ट गराउनुकासाथै उद्योगको मेशिन र सवारी साधनमा आगजनी गरिएको छ । हातहतियारसहित आएको समुहले उद्योगमा रहेका केही मजदूर र सुरक्षागार्डहरूलाई बाहिर निकालेर बिष्फोट गराएका थिए ।

बम बिष्फोटमा क्रसर मेशिन, तीन वटा स्काइभेटेर र ट्रिपरहरूमा क्षति पुगेको छ । बम बिष्फोटपछि आगलागी भएको थियो । घटनापछि बम डिस्पोजल टोलिसहित नेपाली सेनाको टोली र नेपाल प्रहरीको टोलीले घटनाको अवलोकन गरेका थिए । घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन । उद्योग संचालक विश्वास कार्कीले आक्रमणबाट दश करोडको क्षति भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस