नवलपुरमा बस दुर्घटना, २३ जना घाइते

सफल खबर संवाददाता

मंगलबार, ०८ असोज २०८१, ०७ : ४७
नवलपुरमा बस दुर्घटना, २३ जना घाइते

नवलपरासी ।   नवलपुरको विनियी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

काठमाडौंबाट भारतको राजस्थानतर्फ जाँदै गरेको आरजे १४ पिसी ३५४५ नम्बरको बस मंगलबार बिहान विनयी त्रिवेणी–१, विनयीखोला नजिक दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बस आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको हो । बस पल्टिँदा त्यसमा सवार २३ जना यात्रु घाइते भएका छन् । बसमा करिब ४५ जना यात्रु सवार रहेकोमा अन्य यात्रु भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।

घाइतेको स्थानीय विनियी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस