काठमाडौँ । शेयर बजार परिसुचक ‘नेप्से’ साताको कारोबारको अन्तिम दिन बिहीबार १६ अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३ हजार १ सय ७ दशमलब ४५ विन्दुमा झरेको छ।
वाणिज्य र विकाश बैंकबाहेक अन्य सबै समूहको सूचक घटेका छन्। एक लाख ३५ हजार ४२ वटा कारोबारमा १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९ सय ६५ रुपैयाँ बराबरको २ करोड ८८ लाख ४५ हजार ४ सय ३१ कित्ता सेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ।
चार वटा कम्पनीको कारोबार पोजेटिभ सर्किट लेभलमा भएको छ। नेपाल फाइनान्स लिमिटेड, कर्णाली विकाश बैंक, जिवन विकाश लघुवित्त र युनियन लाइफ इन्सुरेन्सको सेयर मुल्य अघिल्लो दिनको अन्तिम कारोबारको तुलनामा १० प्रतिशतले बढेको हो।
जिवन विकाश र युनियनको यसै साता दोस्रो बजारमा कारोबार सुरु भएको हो। यता धेरै प्रतिशत मुल्य घट्नेमा अधिकांश जलविधुत कम्पनीहरु देखिएका छन्। तर बिहीबार कुनैपनि कम्पनीको कारोबार नेगेटिभ सर्किट लेभलमा भएन। कम्पनीहरुको करिब ६ प्रतिशतसम्म सेयर मुल्य घटेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ साउन २०७८, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१४ अंकले बढ्यो शेयर बजार, ५ अर्ब बढीको कारोबार
बढ्यो सेयर बजार
१३.५३ अंकले घट्यो नेप्से, परिसूचक २५८३ बिन्दुमा
उच्च अंकले घट्यो सेयर बजार
५.६० अंकले घट्यो सेयर बजार, ४ अर्ब २७ करोडको कारोबार
नेप्से परिसूचक २.९५ अंकले बढ्यो