विपन्न जनतालाई नि:शुल्क विद्युत दिने उर्जामन्त्री भुसालको घोषणा

सफल खबर संवाददाता

विहीबार, २१ साउन २०७८, १३ : १७
विपन्न जनतालाई नि:शुल्क विद्युत दिने उर्जामन्त्री भुसालको घोषणा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई  नि:शुल्क  विद्युत उपयोग गर्न दिइने बताएकी छन्।

बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीहरु सँगको छलफलमा मन्त्री भुसालले आफूले गरिबीको रेखामुनि रहेका जनतालाई निस्शुल्क विद्युत उपभोग गर्न दिने गरी तयारी अगाडि बढाएको बताइन्।

विद्युतको घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत महशुल पनि कम गर्ने गरी तयारी गरिरहेको उनले जानकारी दिइन्।ऊर्जा मन्त्री भुसालले सबै कृषियोग्य भूमिमा सिँचाइ पुर्‍याउनको निम्ति पनि आफू क्रियाशिल रहने बताइन्।

सिँचाइको निस्शुल्क सेवा दिन सके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने उनले बताइन्। सिँचाइको सुविधा पुर्‍याएर युवा जनशक्तिलाई कृषिमा आर्कषित गर्ने योजना रहेको उनले उल्लेख गरिन्। उनले सातै प्रदेशका नदीबाट विद्युत उत्पादनका अध्ययन गरिरहेको पनि बताइन्।

प्रतिक्रिया दिनुहोस