प्रहरी एकडेमी सार्ने निर्णय खारेज गर्न माग

सफल खबर संवाददाता

बुधबार, २० साउन २०७८, १९ : २३
प्रहरी एकडेमी सार्ने निर्णय खारेज गर्न माग

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकडेमी) लाई काभ्रेमा सार्ने निर्णय खारेज गर्न माग गरिएको छ ।

१५ जना पूर्वप्रहरी महानिरीक्षक (आईजीपी)हरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै प्रहरी एकेडेमीलाई काभ्रेमा सार्ने निर्णयलाई उल्ट्याउन माग गरेका हुन् । 

बुधबार बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर पूर्वआईजीपीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई यसअघिको सरकारले गरेको प्रहरी एकेडेमी सार्ने भनिएका निर्णयलाई उल्टयाउन माग गरेका हुन् । 

केपी शर्मा ओली नेतृत्वको सरकारले प्रहरी एकडेमी सार्ने निर्णय गरेको थियो । देउवाले त्यस विषयमा छलफल गर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस