काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा अर्थ सचिव मधुकुमार मरासिनी नियुक्त भएका छन् । नेपाल सरकारको प्रतिनिधित्व गर्दै राष्ट्र बैंकको सञ्चालकमा बुधबार मरासिनी नियुक्त भएका हुन् ।
यस अघि तत्कालीन अर्थ सचिव शिशिरकुमार ढुंगाना राष्ट्र बैंकको सञ्चालक थिए । ढुंगानाको अर्थमन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि मरासिनी अर्थसचिवको रुपमा सञ्चालक बनेका हुन् ।
सञ्चालक नियुक्त भएपछि मरासिनीले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । मरासिनीले सर्वोच्च अदालतका तेजबहादुर के।सी।समक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० साउन २०७८, १८ : १५
लेखकबाट थप