मोरङमा मोटरसाइकल दुर्घटनामापरि एक युवकको मृत्यु

आइतबार, ०२ बैशाख २०७५, ०९ : २४
मोरङमा मोटरसाइकल दुर्घटनामापरि एक युवकको मृत्यु

विराटनगर । मोरङको कानेपोखरीस्थित खोर्साने–केराबारी सडकखण्डमा शनिबार साँझ मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

को२८प ८०९० नम्बरको मोटरसाइकलका चालक कानेपोखरी–८ बस्ने २२ वर्षीय सुजन कोइरालाको मृत्यु भएको विराटचोक प्रहरी चौकीले जनाएको छ । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो । सोही मोटरसाइकलमा सवार सुन्दरहरैचा–८ बस्ने अनिस भट्टराईको सोही प्रतिष्ठानमा उपचार भइरहेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस