नागरिकता सम्बन्धी विधेयक पारित गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन

सफल खबर संवाददाता

बुधबार, २० साउन २०७८, १३ : २७
नागरिकता सम्बन्धी विधेयक पारित गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन

काठमाडौंँ ।संसदमा विचाराधीन नागरिकता सम्बन्धी विधेयक अविलम्ब पारित गर्न माग गर्दै काठमाडौँ प्रदर्शन गरिएको छ। नागरिकताविहीन नेपालीहरु’ समूहले दबाबमूलक धर्नासँगै विरोध प्रदर्शन र कोणसभा गरेको हो।

प्रदर्शनमा सहभागीहरुले संविधानको धारा ११ को उपधारा ३० र ५० छिटोभन्दा छिटो कार्यान्वयन हुनुपर्ने र विगतका दिनमा नागरिकता नपाएर गुमाएको सेवा सुविधाको क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।

उनीहरुले नेपाली भएर पनि आफूहरुलाई राज्यले गैरनागरिक बनाएको भन्दै विरोध जनाएका छन्।

प्रतिक्रिया दिनुहोस