टोकियोमा आज १७ स्वर्ण पदकको भिडन्त, ३२ स्वर्णसहित चीनको अग्रता कायमै

सफल खबर संवाददाता

बुधबार, २० साउन २०७८, १२ : २५
टोकियोमा आज १७ स्वर्ण पदकको भिडन्त, ३२ स्वर्णसहित चीनको अग्रता कायमै

एजेन्सी । टोकियो ओलम्पिकको १२ औं दिन आज विभिन्न १० खेलका १७ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्समा सबैभन्दा बढी ५ वटा स्वर्ण पदकको भिडन्त छ ।

३२ औं गृष्मकालिन ओलम्पिकमा अहिलेसम्म ३२ वटा स्वर्ण पदक जितेको चिन शिर्ष स्थानमा रहेको छ । २४ स्वर्णसहित अमेरिका दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको आयोजक जापानको १९ स्वर्ण पदक छ ।

यसैगरी अष्ट्रेलियाको १४ स्वर्ण पदक भएको छ भने रुसी ओलम्पिक कमिटि र बेलायतले १३–१३ वटा स्वर्ण पदक जितेका छन् । अहिलेसम्म ५७ देशले स्वर्ण पदक जित्दा ८४ देशले पदक तालिकामा नाम लेखाएका छन् ।
 

प्रतिक्रिया दिनुहोस