टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशद्वारा अष्ट्रेलिया पराजित

सफल खबर संवाददाता

बुधबार, २० साउन २०७८, १२ : ०३
टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशद्वारा अष्ट्रेलिया पराजित

काठमाडौं । बंगलादेशले अस्ट्रेलियालाई टी–ट्वान्टी अन्तर्राष्ट्रियमा पहिलो पटक पराजित गरेको छ । बंगलादेशले पाँच खेलको सिरिजको पहिलो टी–ट्वान्टीमा अस्ट्रेलियामाथि २३ रनको जित हात पा¥यो ।

मिरपुर स्थित शेरे बंगला राष्ट्रिय रंगशालमा टस हारेर ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा सात विकेट गुमाएर १ सय ३१ रनको सामान्य योगफल बनाएको थियो ।

उसका लागि सकिव अल हसनले सर्वाधिक ३६, मोहम्मद नाइमले ३० र महमदुल्लाहले २० रन बनाएका थिए । आफिफ हुसेनले २३ रन बनाउनुबाहेक बाँकी खेलाडीले दोहोरो रन बनाउन सकेनन् । जोश हेजलउडले ३ र मिचेल स्टार्कले २ विकेट लिए ।

जवाफमा बंगलादेशका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि अस्ट्रेलिया पूरै ओभर खेल्दै १ सय ८ रनमा अलआउट भयो । बंगलादेश र अस्ट्रेलियाबीच टी–ट्वान्टीमा पहिलो पटक सिरिज भएको हो ।

यसअघि विश्वकपमा भएका चारै भेटमा अस्ट्रेलियाले जीत हात पारेको थियो । यसअघि टेस्ट र एकदिवशीयमा भने बंगलादेशले अस्ट्रेलियालाई एक–एक पटक पराजित गरेको थियो । जीतसँगै घरेलु टोलीले पाँच खेलको सिरिजमा एक शुन्यको अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस