मंगलबार सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २६.०२ अंकले बढेर अधिकतम ३ हजार १११.०९ बिन्दुमा पुगेको हो ।
जुन हालसम्मकै उच्च बिन्दु हो । यसअघि नेप्से परिसूचक करिब एक महिना अघि मात्र ३ हजार एक सय क्रस गरेको थियो । यस दिन बजार खुलेको कहीँ समय भित्रै ३१ सय क्रस गरेको नेप्सेले सो गतिलाई बजार बन्द हुने अन्तिम समय निरन्तता दिँदै ३१ सय ११ विन्दु माथिको स्थान कायम गर्न सफल भएको हो ।
यस दिन कुल साढे ११ अर्ब माथिको कारोबार हुँदा दुई वटा कम्पनी पाँचथर पावर कम्पनी लिमिटेड र रुरु पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जीवन विकास लघुवित्त, युनियन लाइफ जीवन
बीमा, घलेम्दी हाइड्रो पावर र लिबर्टी इनर्जी कम्पनी र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशत माथिले वृद्धि भएको छ । यता, यस दिन सबै भन्दा बढी गुमाउनेमा भने युनिलिभर नेपाल लिमिटेड रहेको छ । जसको सेयर धनीहरुले आज अधिकतम ३.७९ प्रतिशतले गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ साउन २०७८, १६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उच्च अंकले बढ्यो सेयर बजार
नेप्से परिसूचक १० अंकले घट्यो
सेयर कारोबार ९ अर्ब नाघ्यो
साताको सेयर बजार : २.५ प्रतिशत बढ्यो बजार, यी हुन् मूल्य धेरै बढेका कम्पनी
५२ अंकले बढ्यो सेयर बजार, ९ अर्ब २० करोडको कारोबार
बढेको सेयर बजारमा घट्यो कारोबार