सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ भोलिबाट खुल्ने

सफल खबर संवाददाता

मंगलबार, १९ साउन २०७८, १३ : ५८
सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ भोलिबाट खुल्ने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बिक्री भोलिदेखि खुला गरिने भएको छ ।

कम्पनीले ६० लाख कित्ता सेयर आईपीओ जारी गर्न लागेको हो । त्यसमध्ये ५ प्रतिशत तीन लाख कित्ता कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको कम्पनीले जानकारी दिएको छ । बाँकी ५४ लाख कित्ता सर्वसाधरणलाई वितरण गरिने छ । अहिले कुल जारी पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको छ ।

आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।आईपीओ बिक्री छिटोमा साउन २४ र ढिलोमा भदौ २ गतेसम्ममा बन्द हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस