चौतारा । सिन्धुपाल्चोकको ठूलोढुंगास्थित सुनकोशी नदीमा पौडी खेल्दा आज एक युवक बेपत्ता भएका छन् ।
नयाँ वर्षको उपलक्ष्यमा वनभोज खान गएका सुनकोसी गाउँपालिका–४ यमुनाडाँडा निवासी १८ वर्षीय रुपेश खड्कालाई पौडी खेल्ने क्रममा सुनकोशीले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताउनुभयो । बेपत्ता युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस