रारा – कर्णाली पर्यटन वर्ष २०७५ प्रधानमन्त्रीद्धारा उद्घाटन

शनिबार, ०१ बैशाख २०७५, १८ : ३९
रारा – कर्णाली पर्यटन वर्ष २०७५ प्रधानमन्त्रीद्धारा  उद्घाटन

मुगु । प्रधानमन्त्री केपी शर्मा ओलीले रारा –कर्णाली पर्यटन वर्ष २०७५ को आज यहाँ एक समारोहबीच उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले रारा एक पटक जानै पर्ने ठाउँ भएको बताउँदै छायाँनाथ हेर्ने हो भने वैशमै जाउँ, बढेशकाल लागेपछि गाहे हुँदोरहेछ भन्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “रारालाई पर्यटकीय आकर्षक गन्तव्य बनाइने, जडीबुटीको प्रदेश कर्णालीलाई अर्गानिक प्रदेश, कर्णाली राजमार्गको स्तरवृद्धि, सुर्खेत र मुगु जोड्ने सडक निर्माण, हवाई यातायात नियमित र राराको सुन्दरता एंव पवित्रता कायम गरिने छ ।” संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रविन्द्रप्रसाद अधिकारीले रारा र से फोक्सेण्डोलाई पर्यटकीय सर्किटमा जोडिने बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने र यो वर्ष विद्यार्थी भर्नाका लागि राष्ट्रिय अभियान अगाडि बढाउने धारणा व्यक्त गर्नुभयो । आज मात्र १५ हजार आन्तरिक तथा बाह्य पर्यटक रारा पुगेका छन् ।  (रासस)

प्रतिक्रिया दिनुहोस