कालीगण्डकीमा दुई युवक बेपत्ता

शनिबार, ०१ बैशाख २०७५, १८ : २१
कालीगण्डकीमा दुई युवक बेपत्ता

पाल्पा । पाल्पाको रानीमहलमा नयाँ वर्ष मनाउन गएका दुई युवक कालीगण्डकी नदीमा आज बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ऋदिकोट गाउँपालिका–३ हाथुकका १८ वर्षीय संगम कार्की र सोही स्थानका १८ वर्षे आयुश खनाल छन् ।

बगनासकाली गाउँपालिका–८ रानीमहल नजिकैको कालीगण्डकी नदीमा बन्दै गरेको पुलनिर पौडी खेल्ने क्रममा बेपत्ता भएको अस्थायी प्रहरी बिट रानी महलका प्रमुख डिल्लीराम भट्टराईले बताउनुभयो । बेपत्ताको खोजीकार्य जारी रहेको पनि उहाँले बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस